नेपालको कोशी प्रदेश अन्तर्गत रहेको ओखलढुंगा जिल्लाको सदरमुकाम स्थित समुद्र सतहबाट करिव १७३१ मिटरको उचाइमा रहेको सिद्धिचरण नगरपालिपका वडा नंं. १२, गणेश टोलमा जिल्ला हुलाक कार्यालय, ओखलढुंगा रहेको छ। यस हुलाक कार्यालयले जिल्ला स्तरमा हुलाकबाट प्रदान गरिने विभिन्न सेवाहरु जस्तैः हुलाक वस्तुको नियमित आदान-प्रदान गर्नुका साथै Government Currier Service का रुपमा राहदानी (Passport), सवारी चालक अनुमति पत्र (Driving License) लगायतका सरकारी कागजातहरु/सामग्रीहरु घर-घरमा नै पुर्याउने गर्दछ। जिल्ला हुलाक कार्यालय, ओखलढुंगा हुलाक सेवा विभाग अन्तर्गत कार्यसञ्चालन स्तरको एक जिल्ला स्तरको कार्यालय हो। यसको स्थापना वि.सं. २०१२ सालमा भएको हो। जस अन्तर्गत ७ (सात) वटा पालिका हुलाक कार्यालय, एक वटा हुलाक काउण्टर (रुम्जाटार) र ३२ वटा अतिरिक्त हुलाक कार्यालय सञ्चालनमा रहेका छन्।
जिल्ला हुलाक कार्यालयबाट प्रदान गरिने सेवाहरु निम्न बमोजिम रहेका छन्ः-
- हुलाक वस्तुको दर्ता तथा वितरण सम्बन्धी सम्पुर्ण सेवाहरु,
- हुलाक वस्तु (डाँक) आदान-प्रदान सम्बन्धी काम,
- हुलाक टिकट प्राप्ति, भण्डारण र बिक्री सम्बन्धी काम,
- राहदानी, राष्ट्रिय परिचय पत्र र सवारीचालक अनुमति पत्र वितरण सम्बन्धी काम,
- हुलाक अपराध छानबिन तथा अनुसन्धान सम्बन्धी काम,
- पत्र पत्रिका दर्ता तथा नवीकरण सम्बन्धी काम,
- १०० वाट सम्मको एफ. एम.रेडियोहरुको लाईसेन्स तथा ईजाजतपत्र नवीकरण सम्बन्धी काम,
- छापामाध्यमबाट प्रकाशन हुने तथा विद्युतीय सञ्चार माध्यमबाट प्रसारण हुने लोककल्याणकारी विज्ञापन सम्बन्धी जिल्ला स्तरीय अनुगमन तथा भुक्तानीका लागि सिफारिस सम्बन्धी काम,
- सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयन तथा अनुगमन सम्बन्धी काम आदि।